
काठमाडौं । सिङ्गापुर र मलेसियासँगको फुटबलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रोसले सिङ्गापुरसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटमा मलेसियासँगको खेलका लागि आज २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
नेपालले सिङ्गापुरसँग आउँदो शुक्रवार खेल्नेछ भने एशियन कप छनोटमा मलेसियासँग चैत १२ गते खेल्नेछ । एक वर्षको कार्यकालका लागि नियुक्त भएका रोसको यो पहिलो खेल हुनेछ ।
नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र अञ्जल श्रेष्ठ छन् । यस्तै डिफेन्डरमा अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ छन् ।
मिडफिल्डरमा रोहित चन्द, लकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, कृतिशरत्न छुन्जु र आयुष घलान छन् । यस्तै फरवार्डमा जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, सुवा ठकुरी बम र रेजिन सुब्बा छन् ।
Sudina Shrestha
प्रकाशित: ४ चैत्र २०८१, मंगलवार ०८:४६
पूर्व राष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा सुविधा त्याग

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

प्रधानमन्त्री ओलीको स्पेनका व्यवसायी र लगानीकर्तासँग छलफल

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

इन्डोनेसियाको बाली नजिक जहाज डुब्दा दुई जनाको मृत्यु, ४३ जना बेपत्ता

महिला एसियन कप छनोटः नेपाल र उज्बेकिस्तानको अंक र गोल दुवै बराबर
