काठमाडौं । सिङ्गापुर र मलेसियासँगको फुटबलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रोसले सिङ्गापुरसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटमा मलेसियासँगको खेलका लागि आज २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
नेपालले सिङ्गापुरसँग आउँदो शुक्रवार खेल्नेछ भने एशियन कप छनोटमा मलेसियासँग चैत १२ गते खेल्नेछ । एक वर्षको कार्यकालका लागि नियुक्त भएका रोसको यो पहिलो खेल हुनेछ ।
नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र अञ्जल श्रेष्ठ छन् । यस्तै डिफेन्डरमा अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ छन् ।
मिडफिल्डरमा रोहित चन्द, लकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, कृतिशरत्न छुन्जु र आयुष घलान छन् । यस्तै फरवार्डमा जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, सुवा ठकुरी बम र रेजिन सुब्बा छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-18
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
