काठमाण्डौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
एआईजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख थिए । यसअघिका महानिरीक्षक वसन्त कुँवरले अवकाश पाएपछि थापालाई नयाँ महानिरीक्षक नियुक्त गरिएको हो । ३० वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा गएका कुँवरलाई हिजो नै गृह मन्त्रालयले बिदाइ गरेको छ ।
नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका गरेका थिए । उनी २०६३ भदौ ८ गते डीएसपी, २०७२ साउन ८ मा एसपी, २०७५ फागुन ६ मा एसएसपी, २०७९ असार १७ मा डीआईजी र २०७९ चैत ६ मा एआईजी बनेका थिए ।
नयाँ आईजीपीका थापासँगै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी र काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ पनि प्रतिष्पर्धामा थिए । नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल आउँदो भदौ १८ सम्म करिब ६ महिना मात्र रहनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
