काठमाडौं । अमेरिकाबाट पछिल्लो ५६ दिनमा ४३ जना नेपाली डिपोर्ट भएका छन् । डोनाल्ड ट्रम्पले दोस्रोपटक राष्ट्रपतिको कार्यभार सम्हालेयता ४३ जना नेपाली अमेरिकाबाट निष्कासित भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकी सूचना अधिकारी सीता परियारले सन् ०२५ जनवरी २० यता हालसम्म ४३ जना नेपाली अमेरिकाबाट डिपोर्ट भई आएको जानकारी दिए ।
ट्रम्पले आप्रवासी नीतिमा कडाइ गरेसँगै पछिल्लोपटक चैत २ गते अमेरिकाबाट एक जना नेपाली डिपोर्ट भई आएको उनले बताए । राष्ट्रपतिको शपथ लिएपछि ट्रम्प प्रशासनले निष्कासन गरिने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ आप्रवासीको सूची सार्वजनिक गरेको थियो ।
उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको छ । सोहीअनुसार अमेरिकामा अवैध रूपमा रहेका नेपाली र भारतीयसहितका विदेशीलाई अमेरिकाले भटाभट डिपोर्ट गरिरहेको छ ।
गएको फागुन २१ गते अमेरिकाले नौ नेपालीलाई डिपोर्ट गरी काठमाडौं पठाएको थियो । अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसाय र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकामाथि लगाइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
