अमेरिकी हवाई आक्रमणबाट ५३ हुथी विद्रोहीको मृत्यु
काठमाडौं । अमेरिकी हवाई आक्रमणमा यमनमा अहिलेसम्म ५३ जना हुथी विद्रोहीहरूको मृत्यु भएको छ । विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा ५ बालबालिका रहेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पको आदेशपछि शनिबारदेखि अमेरिकी सेनाले यमनमा हुथी लक्षित आक्रमण गरिरहेको छ । अमेरिकाले त्यसलाई सैनिक कारबाही भनेको छ । अमेरिकाले यमनमा हुथी विद्रोहीले ‘घुँडा नटेकेसम्म’ आक्रमण जारी राख्ने चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले कम्तिमा यो साता अमेरिकाले यमनमा हुथी लक्षित कारबाही जारी राख्ने भनेको छ । यसलाई ट्रप्पको पालाकै सबैभन्दा ठूलो सैन्य कारबाही भनिएको छ ।
‘यो त्यो महत्वपूर्ण जलमार्गमा सम्पत्तिमाथि गोलीबारी रोक्नका लागि हो । जलयात्राको स्वतन्त्रता पुनः खोल्नको लागि हो, जुन संयुक्त राज्य अमेरिकाको मुख्य राष्ट्रिय हित हो, र इरानले धेरै लामो समयदेखि हुथीहरूलाई प्रयोग गरी बाधा पुर्याइरहेको छ,’ हेगसेथले भने ।’ उनीहरूलाई अब पछि हट्नुमै भलाइ छ ।’
यस्तै, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आइतबार फक्स न्युजको अन्तर्वार्तामा रेड सीमा अमेरिकी जहाजहरूमा बमबारी गर्दैनौं भनेर घुँडा नटेकेसम्म आक्रमण जारी राख्ने बताएका हुन् । अमेरिकाले मारिएकाहरूमा केही प्रमुख हुथी विद्रोही पनि रहेको बताएको छ । तर, हुथी विद्रोहीहरूले यसको पुष्टि गरेका छैनन् ।
यसैबीच हुथी विद्रोही नेता अब्दुल मलिक अल–हुथीले जबसम्म यमनमा अमेरिकी आक्रमण जारी रहन्छ, तबसम्म हुथी विद्रोहीहरूले लाल सागरमा अमेरिकी जहाजहरूलाई निशाना बनाइरहने चेतावनी दिएका छन् । इसराइल–हमास युद्धपछि नोभेम्बरयता हुथी विद्रोहीले ‘रेड सी’मा अमेरिकी र इसराइली पानीजहाजहरूलाई लक्ष्य गरेर ड्रोन र हवाइ हमला गर्दै आएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-17
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
