
अमेरिकी हवाई आक्रमणबाट ५३ हुथी विद्रोहीको मृत्यु
काठमाडौं । अमेरिकी हवाई आक्रमणमा यमनमा अहिलेसम्म ५३ जना हुथी विद्रोहीहरूको मृत्यु भएको छ । विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा ५ बालबालिका रहेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पको आदेशपछि शनिबारदेखि अमेरिकी सेनाले यमनमा हुथी लक्षित आक्रमण गरिरहेको छ । अमेरिकाले त्यसलाई सैनिक कारबाही भनेको छ । अमेरिकाले यमनमा हुथी विद्रोहीले ‘घुँडा नटेकेसम्म’ आक्रमण जारी राख्ने चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले कम्तिमा यो साता अमेरिकाले यमनमा हुथी लक्षित कारबाही जारी राख्ने भनेको छ । यसलाई ट्रप्पको पालाकै सबैभन्दा ठूलो सैन्य कारबाही भनिएको छ ।
‘यो त्यो महत्वपूर्ण जलमार्गमा सम्पत्तिमाथि गोलीबारी रोक्नका लागि हो । जलयात्राको स्वतन्त्रता पुनः खोल्नको लागि हो, जुन संयुक्त राज्य अमेरिकाको मुख्य राष्ट्रिय हित हो, र इरानले धेरै लामो समयदेखि हुथीहरूलाई प्रयोग गरी बाधा पुर्याइरहेको छ,’ हेगसेथले भने ।’ उनीहरूलाई अब पछि हट्नुमै भलाइ छ ।’
यस्तै, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आइतबार फक्स न्युजको अन्तर्वार्तामा रेड सीमा अमेरिकी जहाजहरूमा बमबारी गर्दैनौं भनेर घुँडा नटेकेसम्म आक्रमण जारी राख्ने बताएका हुन् । अमेरिकाले मारिएकाहरूमा केही प्रमुख हुथी विद्रोही पनि रहेको बताएको छ । तर, हुथी विद्रोहीहरूले यसको पुष्टि गरेका छैनन् ।
यसैबीच हुथी विद्रोही नेता अब्दुल मलिक अल–हुथीले जबसम्म यमनमा अमेरिकी आक्रमण जारी रहन्छ, तबसम्म हुथी विद्रोहीहरूले लाल सागरमा अमेरिकी जहाजहरूलाई निशाना बनाइरहने चेतावनी दिएका छन् । इसराइल–हमास युद्धपछि नोभेम्बरयता हुथी विद्रोहीले ‘रेड सी’मा अमेरिकी र इसराइली पानीजहाजहरूलाई लक्ष्य गरेर ड्रोन र हवाइ हमला गर्दै आएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३ चैत्र २०८१, सोमबार १२:०७
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
