काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बिमा सञ्चालन गर्न ४० अर्ब रुपियाँ आवश्यक रहेको बताएका छन् ।
आइतबार स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको पूर्ण प्रतिवेदन तथा सोको आधारमा बनाइएको कार्ययोजना सार्वजनिक गर्दै मन्त्री पौडेलले ४० अर्ब बजेटको व्यवस्था नभए स्वास्थ्य बिमा सञ्चालन गर्न कठिन पर्ने बताए ।
सरकारले बर्सेनि सात अर्ब रकम मात्र बिमाका लागि दिने गरेको जानकारी दिँदै उनले राज्यले दिने सात अर्ब रुपियाँले स्वास्थ्य बिमा कार्यक्रम सफल बनाउन नसकिने बताए । उनले सामाजिक सुरक्षाका सबै कार्यक्रमलाई एकत्रित गर्न सके स्वास्थ्य बिमालाई बढाएर पाँच लाखसम्म पुर्याउन सकिने बताए ।
उनले बिमा कार्यक्रम व्यवस्थित बनाउन सके सरकारी अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको तलब राज्यले दिनु नपर्ने र अस्पताल आफैँले दिन सक्ने स्थिति हुन सक्ने बताए ।
मन्त्री पौडेलले स्वास्थ्य बिमालाई राष्ट्रिय सङ्कल्पका रूपमा लिएर जानुपर्ने पनि बताए । उनले सबैलाई प्रणालीमा आबद्ध हुन पनि आग्रह गर्नुभयो । स्वास्थ्य बिमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा। शम्भुप्रसाद आचार्यको नेतृत्वमा गत असोज ८ गते सुझाव समिति गठन भएको थियो ।
सो समितिले दिएको सुझावका आधारमा कार्ययोजना तयार गर्न अतिरिक्त सचिव डा। दीपेन्द्ररमण सिंहको नेतृत्वमा अर्को समिति गठन गरिएको थियो । सो समितिले निर्माण गरेको कार्ययोजना मन्त्री पौडेलले सार्वजनिक गरेका हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
