काठमाडौं । रोटरी क्लब अफ बागमती काठमाडौं, नार्गाजुन नगरपालिका र एनसिआरएस. काठमाडौं शाखाले संयुक्त रुपमा नार्गाजून नगरपालिकाको वडा नं ३ र ७ मा गत हप्ता महिलाहरुको पाठेघरको मुखमा हुन सक्ने अर्बूद रोग (सर्भिकल क्यान्सर) सम्बन्धी एक दिने निशुल्क परिक्षण सम्पन्न गरेको छ ।

यस वर्ष नार्गाजुन नगरपालिकाको चारवटा वडामा महिलाहरुको पाठेघरको मुखमा हुन सक्ने अर्बूद रोग (सर्भिकल क्यान्सर) सम्बन्धी परिक्षण सम्पन्न गरिने सहमती अनुसार हाल सम्म ३ र ७ गरी दूई वडामा अर्बूद रोग (सर्भिकल क्यान्सर) सम्बन्धी एक दिने निशुल्क परिक्षण सम्पन्न भएको हो ।

नेपाल सरकारद्वारा पाठेघरको मुखको क्यान्सर विरुद्धको अभियानलाई सफल बनाउन थप सघाउ पू¥याउने उद्देश्यका साथ संचालन गरिएको उक्त दुईवटै निशुल्क परिक्षणको कार्यक्रमलाई नेपाल अस्ट्रेलियन सर्भिकल क्यान्सर फाउन्डेसनका सचिव डा. कस्तुरी मल्लको नेतृत्वको स्वास्थ्यकर्मीहरुबाट प्राविधिक सेवा तथा लायन्स क्लब अफ काठमाडौं अशोकाबाट समेत सेवा प्रदान गरिएको थियो ।

नार्गाजुन नगर पालिका वडा नं. घ स्थीत स्वास्थ्य भवनमा संचालित परिक्षण कार्यक्रममा १२८ जना स्थानिय महिलाहरुले परिक्षणको लागि नाम दर्ता गरिएकोमा छ जनाको परिक्षणको आवश्यक्ता नभएकोले १२४ जना महिलाहरुको परिक्षण सम्पन्न गरिएको थियो भने वडा नं. ७ को वडा भवनमा संचालन गरिएको परिक्षणमा जम्मा १२६ जना स्थानिय महिलाहरुको परिक्षण गरिएको थियो । साथै उक्त दूबै स्थानमा परिक्षण पश्चात आवश्यक परामर्श, सरसल्लाह र आवश्यक औषधिहरु पनि निशूल्क रुपमावितरण गरिएको थियो भने आवश्यक भएका महिलाहरुलाई थर्मोक्युलेसन समेत दिईएको थियो ।
नार्गाजुन नगरपालिकाका कार्यवहाक नगर प्रमूख शूशिला अधिकारीले कार्यक्रमको उद्धाटन गरी शूभारम्भ गरेका उक्त दूबै कार्यक्रममा फउन्डेसनकी सचिव तथा परिक्षण टोलीकी प्रमुख डा. कस्तुरी मल्लले सर्भिकल क्यान्सरको बारेमा जानकारी दिइनुका साथै परिक्षणको महत्व र फाइदाको वारेमा पनि जानकारी दिएकी थिइन् ।
उक्त कार्यक्रमा कार्यवहाक नगर प्रमूख शूशिला अधिकारीले महिलाहरुको पाठेघरको परिक्षण कार्यक्रम महिलाहरुलाई अति नै आवश्यक भएकोले नगरपालिकाले रोटरी क्लब अफ बागमतीलाई सवै वडाहरुमा यस कार्यक्रम संचालन गरिदिनको लागि अनुरोध गरे ।
रोटरी क्लब अफ बागमती काठमाडौंका अध्यक्ष रोटरीयन माणिक रत्न शाक्यले रोटरीको बारेमा जानकारी दिनुका साथै नगरपालिकाको अनुरोध रोटरीको उद्देश्य अनुसार नै भएकोले क्लबको बार्षिक बजेट तथा कार्यक्रममा समाबेश नभएको भएतपनि क्लबका सदस्यहरुको सहयोगमा यो कार्यक्रम सम्पन्न हून सकेको जानकारी दिएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-17
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
