एजेन्सी । उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा ५१ जनाको मृत्यु भएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।
म्यासेडोनियाका पूर्वी शहर कोकानीस्थित ‘क्लब पल्स’मा भएको आगलागीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको गृहमन्त्री पान्स टोस्कोभस्कीले बताएका हुन् ।
डीएनके नामक एक लोकप्रिय हिप–हप जोडी हेर्नको लागि करिब एक हजार भन्दा बढी युवा प्रशंसकहरू भेला भएको र उक्त स्थानमा एक्कासी आगलागी भएपछि उनीहरूको हताहत भएको हो । ‘कन्सर्टमा ‘लाइट इफेक्ट’का लागि प्रयोग गरिने ‘पाइरोटेक्निक डिभाइस’को प्रयोगका कारण आगलागी भएको हुन सक्छ’, तोस्कोभस्कीले भने ।
उनले भने, ‘ज्वालालले सजिलै ज्वलनशील पदार्थले बनेको छतलाई समात्यो, त्यसपछि आगो पूरै बाक्लो धुवाँसहित हलमा फैलियो ।’ हेलिकप्टरले केही घाइतेलाई राजधानी स्कोप्जेका अस्पतालमा पु¥याएको छ ।
तीमध्ये २७ जनालाई नाउम ओह्रिड्स्की क्लिनिकमा भर्ना गरिएको अस्पतालका चिकित्सक नेबोजा नास्टोभले अनलाइन सञ्चारमाध्यम एसडीकेलाई बताए । एसडीकेका अनुसार स्थानीय समयअनुसार बिहान ३ बजे आगलागी सुरु भएको थियो ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका र आगो लाग्नुअघि खिचिएका भिडियोहरूमा ‘स्टेज फाउन्टेन’ वा ‘स्टेज जेट’ को प्रयोग देखाइएको थियो । यो कार्यक्रमको क्रममा प्रयोग हुने एक प्रकारको हलमा प्रयोग गरिने आतिशबाजी हो ।
म्यासेडोनियाका सञ्चारमाध्यमले सार्वजनिक गरेका अन्य भिडियोमा भवनको प्रवेशद्वारमा आगोको लप्काले कालो पारेको देखिएको छ । ’अहिलेसम्म हामीसँग भएको तथ्याङ्कअनुसार ५१ जनाले ज्यान गुमाएका छन्’, घटनास्थलको अवलोकनपछि गृहमन्त्री टोस्कोभस्कीले भने, ‘करिब १०० व्यक्ति घाइते भएका छन् ।’
‘घाइतेहरूलाई स्थानीय अस्पताल, राजधानी स्कोप्जे र दक्षिणमा करिब ३० किलोमिटर ९२० माइल० को दूरीमा रहेको स्टिप शहरमा लगिएको छ’, उनले भने ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-16
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
