जनकपुरधाम । छुरा प्रहारबाट हत्या गरिएका जनकपुरधाम उपमहानगरपालिका–२३ का १९ वर्षीय आँशु यादवको परिवार र स्थानीय आन्दोलित बनेका छन् । मृतक आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड ठप्प पारेका हुन् ।
आँशुको शव सडकमै राखेर उनीहरु प्रदर्शनमा उत्रेपछि सवारीसाधन ठप्प भएको छ । हत्या घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने पीडित परिवारको माग छ ।
होली खेल्ने क्रममा आँशुमाथि छुरा प्रहार गरिएको थियो । छाती र पेटमा छुरा प्रहार भएकाले उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ ।
मृतककी आमाले घटनामा धर्मेन्द्रबाहेक अन्य व्यक्तिको पनि संलग्नता रहेको दावी गरेकी छन् । छोराको शव सडकमा राख्न पुगेकी उनले पुरानो रिसईबीका कारण आफ्नो छोराको हत्या भएको बताएकी छन् । उनले सबैलाई नमार्नु भन्दा पनि कसैले नसुनेको बताउँदै भनिन्, ‘निर्ममतापूर्वक छोरामाथि छुरा हानेर हत्या गर्यो । सबै अपराधीलाई प्रहरीले पक्राउ गर्नुपर्छ ।’
आन्दोलनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले पोष्टमार्टमपछि शव बुझेर गाउँमा लगेर आन्दोलन थालेको बताए । उनका अनुसार पीडित परिवारले घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने र क्षतिपुर्तीको माग गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-16
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
