
काठमाडौं । नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९ः४० बजे लागेको आगो १०ः५० बजे निभाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए ।
उनका अनुसार साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाई भए पनि चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन् । अन्य विभिन्न क्षेत्रका थप चारवटा दमकल आए पनि सडक फराकिलो नहुँदा त्यहाँ जान सकेन ।
उक्त आगालगीमा १५ लाख बराबरको क्षति अनुमान गरिएको छ । आगो निभाउन कालिमाटी प्रहरी वृत्तका प्रमुख रुपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो । स्वयम्भू वृत्तका प्रहरी टोलीसमेत परिचालन भएको थियो । आगलागीबाट अन्न, काठमा फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुडा , फलाम जलेको छ । विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: २ चैत्र २०८१, आईतवार १२:२४
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ