काठमाण्डौ । पट्रोल, डिजेल र मट्टीतेलको भाउ घटोको छ । पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँले घटेको हो ।
नेपाल आयल निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ६० रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ४८ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ६२ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ५० रूपैयाँ पर्नेछ । यस्तै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ६३ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ५१ रूपैयाँ पर्नेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-16
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
