धनगढी । धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको हो ।
नदीमा डुबेका उनीहरुलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा फूलबारीकै १६ वर्षीय करनसिंह धामी र १५ वर्षीय अदर्श पुजारा रहेका छन् । दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-15
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
