
काठमाण्डौ । प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । सन् १९३३ को मार्च १ मा भारतको गुवाहाटी टकौबारीको पुलिस रिजर्भमा बुबा प्रेमबहादुर र आमा पवित्राका सन्तानका रूपमा जन्मिएका क्षेत्रीको ९३ वर्षको उमेरमा गएराति निधन भएको हो ।
गुवाहाटीको मरिखालीमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको नेपालीभाषी भारतीय साहित्यकार रूद्र बरालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । असममा जन्मिएका, सिलाङमा बाल्यकाल बिताएका उनको पढाइ बङ्गला, नेपाली र अङ्ग्रेजी माध्यममा भएको थियो । उनले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहाटीकै आर्यविद्यापीठ कलेजमा अध्यापन गरे ।
विद्यालयमै पढ्दादेखि साहित्य साधनामा लागेका क्षेत्रीको पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ १६ वर्षको उमेरमा प्रकाशित भयो भने पहिलो उपन्यास ‘बसाइँ’ २४ वर्षको उमेरमा सन् १९५७ मा प्रकाशित भएको थियो । ‘बसाइँ’ उपन्यास पूर्वोत्तर भारतको पहिलो उपन्यास हो भने यो नेपाली आख्यान साहित्यको सर्वाधिक पढिएको, चर्चित र प्रकाशित उपन्यास हो ।
उहाँले ‘अतृप्त’ , ‘ब्रह्मपुत्रको छेउछाउ’, ‘प्रतिध्वनिहरू विस्मृतिका’ लगायतका उपन्यास लेख्नुभएको छ । उहाँले ‘लीलबहादुर कथाहरू’ र ‘छरिएको बिस्कुन’ लेखेर नेपाली आख्यान साहित्यमा थप योगदान पुर्याएको छ । उनका धेरै कथा, निबन्ध, एकाङ्कीहरु प्रकाशित छन् ।
सात दशक लामो साहित्ययात्रामा उनले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार पाउन सफल भएको छ । साहित्यकार क्षेत्रीले दार्जिलिङले ‘दियालो पुरस्कार’, पश्चिम बङ्गालको ‘भानु’ पुरस्कार प्राप्त गरेका छन् । ‘ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासले साहित्य अकादमी पुरस्कार प्राप्त गर्न सफल बनेको थियो । उहाँ सन् २०२० मा पद्मश्री पुरस्कारले सम्मानित भएका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३० फाल्गुन २०८१, शुक्रबार ०९:२०
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
