
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको ३० दिने अस्थायी युद्धविराममा सहमत नभए रुसले विनासकारी परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । साउदी अरबको जेद्दामा अमेरिका र युक्रेनबीच वार्ता भएको थियो । उक्त वार्तामा अमेरिकाले गरेको युद्धविरामको प्रस्तावमा युक्रेनले सहमति जनाएको थियो, जसअनुसार ३० दिनको युद्धविराम हुने प्रस्ताव गरिएको छ ।
अमेरिकाले युक्रेन सहमत भएको उक्त प्रस्तावमा सहमत हुन अन्यथा विनासकारी परिणामका लागि तयार रहन रुसलाई चेतावनी दिएका हुन् । ट्रम्पले रुसलाई चेतावनी दिँदै भनेका छन्, ‘यदि मस्कोले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेन भने उसमाथि विनाशकारी प्रतिबन्ध लाग्न सक्छ । यसको आवश्यकता नपर्ने आशा गरेको उल्लेख गर्दै उनले भनेका, ‘म वित्तीय रूपले यस्तो निर्णय लिन सक्छु, जुन रुसका लागि धेरै खराब सावित हुनेछ । तर, म शान्ति चाहने भएकाले यस्तो नहोस् भन्ने चाहन्छु ।’
रुसले युद्धविरामको प्रस्तावलाई इन्कार गरेको त छैन तर, अमेरिकी दबाबका बाबजुत संयमित प्रतिक्रिया दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिही ३० दिने अस्थायी युद्धविरामको अमेरिकी प्रस्तावमा आफू ुसैद्धान्तिक रूपमा सहमतु रहेको बताए । तर, त्यसका सर्तहरूमा भने काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
पुटिनले अस्थायी युद्धविरामले स्थायी शान्तिको मार्ग प्रशस्त गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । मस्कोमा दिएको एक प्रतिक्रियामा पुटिनले भनेका छन्( त्यसैले यो प्रस्तावमा आफैँमा सही हो । म निश्चित रूपमा यसको समर्थन गर्छु ।
पुटिनले कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सैनिकहरूले हतियार विसाउँछन् या विसाउँदैनन् र आत्मसमर्पण गर्छन् या गर्दैनन् भन्ने विषय युद्धविरामअगावै निर्धारित हुनुपर्ने बताएका छन् । साथै उनले युद्धविरामको उल्लंघन हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न एक संयन्त्र आवश्यक हुने पनि बताएका छन् ।
यो ३० दिने युद्धविरामलाई युक्रेनले आफ्नो हतियार भण्डार बढाउने मौकाको रूपमा उपयोग गर्न सक्ने पुटिनको चिन्ता छ । उनले भनेका छन्( हामी युद्ध रोक्ने प्रस्तावमा सहमत छौँ । तर, युद्धविरामले स्थायी शान्ति आउनुपर्ने र संकटको मूल कारणको निर्क्यौल गर्नुपर्ने हाम्रो धारणा छ ।
युद्धविराम प्रस्तावबारे पुटिनको जवाफपछि प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई आशावादी भनेका छन् । साथै उनले त्यसलाई अपूर्ण पनि भनेका छन् । ह्वइट हाउसमा नेटो प्रमुख मार्क रुटेसँगको भेटका क्रममा ट्रम्पले भनेका छन्– उनले (पुटिन) ले निकै आशाजनक प्रतिक्रिया दिएका छन्, तर यो पूर्ण भने छैन । म उनीसँग भेट्न या कुरा गर्न इच्छुक छु । तर, हामीले युद्धविरामलाई छिटै पूर्णता दिनुछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३० फाल्गुन २०८१, शुक्रबार ०८:३४
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
