
बारा, बारा प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले जितपुर सिमराबाट एक जना महिलालाई १३ किलो लागु औषध गाँजासहित पक्राउ गरेको हो ।अस्थायी प्रहरी पोस्ट रामवनबाट खटिएको प्रहरी टोलीले मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–१ निवासी सुशीला गोलेलाई पक्राउ गरेको हो ।
हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ८ ख ६०६१ नं।को यात्रुवाहक माइक्रोलाई रोकेर जाँच गर्दा उक्त गाडीबाट १३ किलो गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए । पक्राउ परेकी गोलेलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।
Sudina Shrestha
प्रकाशित: २९ फाल्गुन २०८१, बिहीबार १८:४९
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
