
काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा फागुपर्व मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्ला तथा भोली (शुक्रबार) तराईका जिल्लामा मनाइने छ ।
योपटक भने बिहीबार १० घडी ३६ पला अर्थात् बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा उल्लेख छ ।वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरेर एक आपसमा खुशी साट्ने दिनका रूपमा लिइन्छ ।
हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको बताइन्छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ । काठमाडौं उपत्यकामा फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर ९विशेषरूपले सजाएको लिंगो० गाडेपछि फागुपर्व शुरू हुन्छ ।
पूर्णिमाको रातमा चीर ढालेर जलाएपछि समाप्त भएपछि होली सकिन्छ । फागुपर्वका अवसरमा सरकारले काठमाडौँ उपत्यकासहित ५६ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २९ फाल्गुन २०८१, बिहीबार ०९:५१
‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण

स्विट्जरल्यान्डमा हिमनदी फुट्दा ब्लाटन गाउँको ९० प्रतिशत भाग पुरियो

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक, कुन मन्त्रालयलाई कति बजेट ?

उच्च अदालतले दियो अफताब आलमलाई सफाइ
