काठमाडौं । नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको प्रथम अधिवेशन सम्पर्न भएको छ । उक्त कार्यक्रममा नेक्स मोडल एजेन्सीका सन्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरीएको छ । उपाध्यक्षमा शुसीला थापा,सचिव डेभिल सिंह राजपुत,कोषाध्यक्ष नितु श्रेष्ठ ,सहसचिव कृष्ण श्रेष्ठ,सहकोषाध्यक्षमा विशाल पासवान चयन गरीएको छ भने सदस्यहरुमा भरत समारी,अमिसा वली,समसाद शाह,छिरिङ सेर्पा र रवि लामा तामाङ चयन भएका छन ।

सस्थापक अध्यक्ष हेमा मानन्धरले सम्पूर्ण कार्यक्रम आयोजकहरुको हकहितको लागि सधै आवाज उठाउदैं सस्थालाई अगाडी बढाउनुका साथै नबनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । नेपालभर विभिन्न कार्यक्रम आयोजना तथा व्यवस्थापन गर्नेहरुलाई एकताबद्ध गर्ने र भोलीका दिनमा कार्यक्रम आयोजकहरुको हकहितको लागि आफ्नो काम गर्ने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष रवि धमालाले वताउनु भयो ।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ पत्रकार तथा समाजसेवक हरि गोपाल प्रधान र राष्ट्रिय फोटोपत्रकार समूहका महासचिव धनश्याम श्रेष्ठले प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीप राज वन्त र सिजन मिडियाका महाप्रबन्धक रेजिना तुलाधरको उपस्थिति थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-13
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
