धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउन नसकेको बताएका छन् । धनगढीमा आयोजित नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘संविधानमा समानुपातिक समावेशीको प्रणालीको ब्यवस्था छ। त्यसले कुनै पनि पार्टीको बहुमत आउन सकेको छैन। जस कारण हामीले बहुमत ल्याउन सकेका छैनौं। यही प्रणाली रहिरह्यो भने हामीले भविष्यमा पनि बहुमतको सरकार बनाउन सक्दैनौं,’ उनले भने।
उनले सांकेतिकरूपमा समानुपातिक प्रणाली हटाउनुपर्ने संकेत गरे। उनले यसकै लागि दुई प्रतिस्पर्धी दलहरूले गठबन्धन गरेको पनि बताए। ‘नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी पार्टी एमाले हो। एमालेको पनि हामी मुख्य प्रतिस्पर्धी हौं। तर हामी मिलेर सरकार बनाएका छौं। त्यसका अरु धेरै कारणहरू छन्। मुख्य कारण भनेको देशमा देखिएको राजनीतिक अस्थिरता नै हो,’ देउवाले भने ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-11
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
