
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउन नसकेको बताएका छन् । धनगढीमा आयोजित नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘संविधानमा समानुपातिक समावेशीको प्रणालीको ब्यवस्था छ। त्यसले कुनै पनि पार्टीको बहुमत आउन सकेको छैन। जस कारण हामीले बहुमत ल्याउन सकेका छैनौं। यही प्रणाली रहिरह्यो भने हामीले भविष्यमा पनि बहुमतको सरकार बनाउन सक्दैनौं,’ उनले भने।
उनले सांकेतिकरूपमा समानुपातिक प्रणाली हटाउनुपर्ने संकेत गरे। उनले यसकै लागि दुई प्रतिस्पर्धी दलहरूले गठबन्धन गरेको पनि बताए। ‘नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी पार्टी एमाले हो। एमालेको पनि हामी मुख्य प्रतिस्पर्धी हौं। तर हामी मिलेर सरकार बनाएका छौं। त्यसका अरु धेरै कारणहरू छन्। मुख्य कारण भनेको देशमा देखिएको राजनीतिक अस्थिरता नै हो,’ देउवाले भने ।
Sudina Shrestha
प्रकाशित: २७ फाल्गुन २०८१, मंगलवार १०:५३
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
