
अछाम, अछाममा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मंगलसेन नगरपालिका– ८, सुतुडाकी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया बिनिता बोहरा रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए।
देउरुपा र बिनिता एकै घरका जेठानी–देवरानी हुन्। छिमेकी ९ नम्बर वडाको ओली गाउँस्थित रातोमाटे भन्ने ठाउँमा माटो खन्न गएका उनीहरू माथिबाट खसेको ढिस्कोले पुरिएका थिए। घटनाबारे थाहा पाएलगत्तै उद्धारमा खटिएका स्थानीयले उनीहरूको शव निकालेका हुन्।
अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसहित प्रहरी टोलीले घटनास्थल पुगेर घटनाको अध्ययन थालेको छ। कमजोर भूगोल र लामो समयदेखि स्थानीयले एउटै ठाउँमा माटो खन्ने गरेका कारण घटना भएको अनुमान गरिएको प्रजिअ लम्सालले बताए।
Sudina Shrestha
प्रकाशित: २६ फाल्गुन २०८१, सोमबार २२:४८
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
