अछाम, अछाममा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मंगलसेन नगरपालिका– ८, सुतुडाकी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया बिनिता बोहरा रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए।
देउरुपा र बिनिता एकै घरका जेठानी–देवरानी हुन्। छिमेकी ९ नम्बर वडाको ओली गाउँस्थित रातोमाटे भन्ने ठाउँमा माटो खन्न गएका उनीहरू माथिबाट खसेको ढिस्कोले पुरिएका थिए। घटनाबारे थाहा पाएलगत्तै उद्धारमा खटिएका स्थानीयले उनीहरूको शव निकालेका हुन्।
अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसहित प्रहरी टोलीले घटनास्थल पुगेर घटनाको अध्ययन थालेको छ। कमजोर भूगोल र लामो समयदेखि स्थानीयले एउटै ठाउँमा माटो खन्ने गरेका कारण घटना भएको अनुमान गरिएको प्रजिअ लम्सालले बताए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
