काठमाडौं । १ करोड धरौटी खारेजीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा मुद्दा खेपिरहेका सभापति लामिछाने आफूसँग मागिएको १ करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै उनी आज (सोमबार) उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।
सुप्रिम सहकारी ठगीमा माग भएको धरौटी आफूलाई चित्त नबुझेको र साधारण तारेखमा रिहा हुनुपर्ने आशयको माग राखेर लामिछानेले निवेदन दर्ता गराएको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकाारी दिए ।
लामिछाने जिल्ला अदालत रुपन्देहीबाट माघ १३ गते १ करोड धरौटी तिरेर रिहा भएका थिए । त्यसअघि कास्कीमा ६५ लाख र काठमाडौंबाट ६० लाख र चितवनमा ५४ लाख धरौटी तिरेर रिहा भएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
