
काठमाडौं । अमेरिकाका राष्ट्रपति निवास ह्वाइट हाउसबाहिर एक व्यक्तिलाई आइतनबार गोली हानी मारिएको अमेरिकी गोप्य सेवाले एक विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा स्थानीय प्रहरीले एक जना व्यक्ति ‘आत्मघाती हमला गर्ने सोचमा रहेका र इन्डियानाबाट वाशिंगटन डीसी आएका व्यक्ति हुनसक्ने’ सूचना दिएको जनाइएको छ ।
बीबीसीले जनाएका अनुसार सूचनामा दिएकै विवरणसँग मेल खाने मानिस र ऊसँग हतियार देखिएकोले उक्त व्यक्तिलाई गोली हानी मारिएको जनाइएको छ ।
गोप्य सेवाले उक्त व्यक्ति अहिले ‘अज्ञात’ अवस्थामा अस्पतालमा रहेको बताइएको समाचारमा उल्लेख छ । यो घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा नभएको बीबीसीले उल्लेख गरेको छ ।
Sudina Shrestha
प्रकाशित: २६ फाल्गुन २०८१, सोमबार १२:५८
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
