
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले फोहोर मैला गरेको र सडक संरचनामा क्षति पुर्याएको भन्दै राप्रपालाई एक लाख रुपैयाँ जरीवाना गरेको छ । महानगरले फोहोरमैला व्यवस्थापन ऐन,२०६८,काठमाण्डौ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाण्डौ महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरीवाना तोकिएको हो ।
महानगरले पठाएको पत्रमा पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एअरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र त्यसमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको उल्लेख छ ।
राप्रपाले हिजो पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला क्षेत्रमा प्रदर्शन गरेको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २६ फाल्गुन २०८१, सोमबार ०८:५५
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
