काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत गरिएको छ। आज अपराह्न नेपाल फर्किएका पूर्वराजालाई स्वागत गर्न उनका समर्थकहरूको ठूलो भीड विमानस्थलमा उपस्थित भएको थियो।
पूर्वराजा शाह आइतबार अपराह्न कास्कीको पोखराबाट काठमाडौं फर्किएका हुन् । समिट एयरको ९ एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत उनी काठमाडौं आएका हुन् ।
पूर्वराजालाई स्वागत गर्न दिउँसोदेखि नै राजावादी विभिन्न स्थानमा भेला भएर ¥यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।
यस्तो पनि दृश्य
पूर्वराजा शाहलाई स्वागत गर्न राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपालगायत विभिन्न राजनीतिक दल र संघसंस्थाहरुका कार्यकर्ता भेला भएर विमानस्थल पुगेका थिए ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-09
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
