काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पूर्वाराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रमअन्तर्गत राजसंस्थाको वकालत गरिरहेको दल राप्रपाले शक्ति प्रदर्शन गर्न लागेको हो ।
गण्डकी प्रदेशका विभिन्न ठाउँका मन्दिरको भ्रमण तथा पोखराका बनेको स्वर्गीय राजा वीरेन्द्रको शालिक अनावरण गरेर पूर्वराजा शाह आज काठमाडौं फर्किनदैछ ।
राप्रपाका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधर आज दिउँसो १ बजे पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल जाने कार्यक्रम छ । त्यसपछि उनलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्याइने बताइएको छ ।
यही फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्था फर्काउने समय आएको भन्दै साथ दिन अपिल गरेका थिए । त्यसबाट हौसिएर राप्रपालगायत राजसंस्था पक्षधरहरू आन्दोलनरत छन् । उनीहरूले अब चाँडी राजसंस्था पुनस्र्थापना हुने दाबी गर्दै आएका छन् ।
राप्रपाको प्रदर्शनलाई मध्यनजर गरेर आज काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । करिब १० हजार मानिस प्रदर्शनमा उत्रने प्रहरीको अनुमान छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी टेक तामाङले विशेष रणनीति बनाएर सुरक्षाकर्मीहरुलmाई हाई एलर्टमा राखिएको बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-09
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
