बनेपा । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ विदुषी खोटाङका डा. कान्ता भट्टराई मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो ।
उहाँ आध्यात्मिक क्षेत्रकी विदुषी तथा प्रवाचिका हुनुहुन्छ । नेपाली समाजमा नैतिक चेतना, मानवीय कर्तव्यबोध र आध्यात्मिकताको जागरण गराउने खालका विभिन्न लेखहरू लेखी उहाँले प्रकाशन गराउनुभएको छ ।
यस सम्मानको कोष व्यवस्थापन आध्यात्मिक लेखक कृष्णहरि मैनाली (काभ्रेपलाञ्चोक) ले गरेको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-09
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
