काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरू देशभन्दा धेरै अगाडि रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कांग्रेस महिला विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अरू देशमा अझै पनि महिलाहरूले अधिकार नपाइरहेको अवस्थामा नेपाल भने महिलाहरूलाई अधिकार दिने कुरामा अरू देशभन्दा धेरै अगाडी रहेको बताएका हुन् ।
उनले हरेक स्थानीय तहमा अनिवार्य रूपमा महिला प्रतिनिधित्वको व्यवस्था गरेको र देशभरिमा नै महिलाहरूलाई अधिकारसहित स्थान दिएको धारणा राखे । सभापति देउवाले आगामी दिनमा महिलाहरू राज्यका प्रभावकारी निकायमा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कांग्रेस नेताहरूले महिलालाई थप अधिकार सम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-08
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
