काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसभन्दा युक्रेनसँग सम्झौता गर्न अझै गाह्रो भएको बताएका छन्।राष्ट्रपति ट्रम्पले युक्रेनसँग शान्ति सम्झौताका सम्बन्धमा रुससँग भन्दा युक्रेनसँग सम्झौता गर्न ‘अझै गाह्रो’ भएको बताएका हुन् ।
यसअघि ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको बताएका थिए । ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘रसियाले युक्रेनमा युद्ध क्षेत्रमा भयंकर आक्रमण गरिरहेको छ । यस तथ्यको आधारमा युद्धविराम र अन्तिम शान्ति सम्झौता नभएसम्म म रुसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी र ट्यारिफहरू लगाउन गम्भीर रूपमा विचार गरिरहेको छु ।’
गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभल अफिसमा भएको भेटवार्ता चर्को बहसमा परिणत भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-08
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
