
बुटवल, रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया र भारतको सिक्किम डिजोङ्ग्री फुटबल क्लबबिच भएको खेलमा १–० गोल अन्तरले जित निकाल्दै मुर्गिया फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा मुर्गियाका एरोन थापाले ८६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । घरेलु मैदानमा उत्रिएको मुर्गियाले डिजोङ्गीलाई दोस्रो हाफको अतिरिक्त समयमा गोलविहीन बनाउन सफल रह्यो । खेलको पहिलो हाफमा भने दुवै टिमले बारम्बार गोल गर्न प्रयास गरेपनि गोल गर्न भने सकेनन् । सैनामैनाको फुटबल रंगशालामा भइरहेको खेलमा आज मुर्गिया फुटबल क्लबका एरोन थापा म्यान अफ दि म्याच घोषित भए ।
फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शनिबार कपिलवस्तु ११ र फर्साटिकर फुटबल क्लबबिच दिउसो ३ बजे प्रतिस्पर्धा हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।
Sudina Shrestha
प्रकाशित: २३ फाल्गुन २०८१, शुक्रबार २०:५१
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
