बुटवल, रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया र भारतको सिक्किम डिजोङ्ग्री फुटबल क्लबबिच भएको खेलमा १–० गोल अन्तरले जित निकाल्दै मुर्गिया फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा मुर्गियाका एरोन थापाले ८६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । घरेलु मैदानमा उत्रिएको मुर्गियाले डिजोङ्गीलाई दोस्रो हाफको अतिरिक्त समयमा गोलविहीन बनाउन सफल रह्यो । खेलको पहिलो हाफमा भने दुवै टिमले बारम्बार गोल गर्न प्रयास गरेपनि गोल गर्न भने सकेनन् । सैनामैनाको फुटबल रंगशालामा भइरहेको खेलमा आज मुर्गिया फुटबल क्लबका एरोन थापा म्यान अफ दि म्याच घोषित भए ।
फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शनिबार कपिलवस्तु ११ र फर्साटिकर फुटबल क्लबबिच दिउसो ३ बजे प्रतिस्पर्धा हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-07
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
