
काठमाण्डौ । रङ्गहरूको पर्व होली आजदेखि विधिवत रुपमा शुरू भएको छ । आज बिहान काठमाण्डौको वसन्तपुरमा बिहान ८ बजेर ३३ मिनेटको साइतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होली पर्व शुरू भएको हो ।
फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व शुरू हुने परम्परा छ । रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फीट अग्लो चीरलाई काठमाण्डौको धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने चलन छ । नेवारी परम्पराअनुसार यसलाई चीर स्वाये भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्याएर दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।
यसैबीच मिथिलाञ्चलमा हिजैदेखि होली पर्व शुरू भएको छ । १५ दिने मिथिला माध्यमिकी परिक्रमा हिजो महोत्तरीको कञ्चनवन पुगेपछि होली पर्व शुरू भएको हो ।
त्रेतायुगमा राम र जानकी विवाहपछि विहार गर्दै मिथिलाका विभिन्न क्षेत्रमा पुगेका र त्यही क्रममा फागुन शुक्ल सप्तमीका दिन कञ्चनवन पुगेर रङ्ग खेलेको सम्झनामा कञ्चनवनमा ‘होली उत्सव’मनाउने गरिन्छ । योसँगै मिथिलाञ्चल क्षेत्रमा होली पर्व शुरू हुने परम्परा छ । यस वर्ष पहाडी भेगमा आउँदो २९ गते र तराई भेगमा चैत १ गते होली पर्व मनाइँदैछ ।
Sudina Shrestha
प्रकाशित: २३ फाल्गुन २०८१, शुक्रबार १०:३८
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
