काठमाण्डौ । रङ्गहरूको पर्व होली आजदेखि विधिवत रुपमा शुरू भएको छ । आज बिहान काठमाण्डौको वसन्तपुरमा बिहान ८ बजेर ३३ मिनेटको साइतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होली पर्व शुरू भएको हो ।
फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व शुरू हुने परम्परा छ । रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फीट अग्लो चीरलाई काठमाण्डौको धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने चलन छ । नेवारी परम्पराअनुसार यसलाई चीर स्वाये भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्याएर दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।
यसैबीच मिथिलाञ्चलमा हिजैदेखि होली पर्व शुरू भएको छ । १५ दिने मिथिला माध्यमिकी परिक्रमा हिजो महोत्तरीको कञ्चनवन पुगेपछि होली पर्व शुरू भएको हो ।
त्रेतायुगमा राम र जानकी विवाहपछि विहार गर्दै मिथिलाका विभिन्न क्षेत्रमा पुगेका र त्यही क्रममा फागुन शुक्ल सप्तमीका दिन कञ्चनवन पुगेर रङ्ग खेलेको सम्झनामा कञ्चनवनमा ‘होली उत्सव’मनाउने गरिन्छ । योसँगै मिथिलाञ्चल क्षेत्रमा होली पर्व शुरू हुने परम्परा छ । यस वर्ष पहाडी भेगमा आउँदो २९ गते र तराई भेगमा चैत १ गते होली पर्व मनाइँदैछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-07
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
