
पोखरा । तनहुँ भीमाद नगरपालिका–२ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी बेपता भएको ५ दिनपछि मृत फेला परेका छन् । घरमा सुतिरहेका उनी फागुन १७ गते बिहान बेपत्ता भएका थिए ।
सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा भीमाद वडानम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा उनी मृत भेटिएका हुन् ।
राति परिवारसहित सुतेका महेश बिहान कोठामा हेर्दा नदेखेपछि परिवारले खोजी थालेका थिए । बिहान सवा ५ बजे सम्पर्कमा आएको र त्यतिबेला आफू कहाँ छु भन्ने थाहा नभएको बताएलगत्तै मोबाइल अफ भएको परिवारले जनाएको थियो ।
उनको शव खोला किनारमा भेटिएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर पोषण केसीको टोली पुगेको थियो । सुवेदीको शव पोस्टमार्टमका लागि दमौली जिल्ला अस्पताल तनहुँमा राखिएको छ ।
बिहीबार नै उनको शव देवघाट पुर्याएर अन्तेष्टि गरिने परिवारले जनाएका छन् । उनको मृत्यु कारणबारे पोस्टमार्टमपछि जानकारी हुने प्रहरीले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २२ फाल्गुन २०८१, बिहीबार १०:२६
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
