
काठमाण्डौ । प्रश्न सोधेको आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण जनाएको छ ।
यही फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको भन्दै सङ्घीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको थियो ।
महासङ्घले काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सङ्घीय संसद्लाई आग्रह गरेको हो । पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पनि पत्रकार तथा सञ्चारमाध्यलाई महासङ्घले ध्यानाकर्षण गराएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २२ फाल्गुन २०८१, बिहीबार ०९:४१
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
