काठमाडौं । महाराजगंजस्थित शिक्षण अस्पताल (टिचिङ)मा गत २४ घण्टादेखि पानी आपूर्ति बन्द हुँदा सेवा प्रभावित भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पर्याप्त पानी आपूर्ति नगर्दा त्रिवि शिक्षण अस्पताल (टिचिङ)को सेवा प्रभावित बनेको हो ।
अस्पताल प्रशासक सरस्वती गुरुङका अनुसार पानी अभावका कारण बिरामी, बिरामीका कुरुवा, कर्मचारी, डाक्टर तथा नर्सहरु आजित भएका छन् । अस्पतालका निर्देशक डा. सुवास आचार्यले अस्पताल परिसरको दुईवटै बोरिङ बिग्रिएको र अहिले जारको पानी किनेर अप्रेसन भइरहेको बताए ।
केयूकेएलले पर्याप्त पानी नदिँदा अस्पतालमा समस्या भएको उनले बताए । ‘अस्पतालको दुईवटै बोरिङ ब्रिग्रिएको छ । प्राधिधिक खटाउँदा पनि बन्न सकिरहेको छैन । केयूकेएललाई समस्या राखेका थियौं । तर, हिजो बेलुका तीनघण्टा मात्र पानी छाड्दा समस्या भयो,’ उनले भने, ‘अहिले जारको पानी किनेर अप्रेसन थियटर र नर्मल स्लाइन लगेर ओटी सर्जरी गरिरहेका छौं ।’
अस्पतालमा दैनिक ८ लाख लिटर पानी खपत हुन्छ । हिजोदेखि नै पानीको समस्या समाधान गर्न लागिरहेको डा. आचार्यले बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-04
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
