
काठमाडौं । महाराजगंजस्थित शिक्षण अस्पताल (टिचिङ)मा गत २४ घण्टादेखि पानी आपूर्ति बन्द हुँदा सेवा प्रभावित भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पर्याप्त पानी आपूर्ति नगर्दा त्रिवि शिक्षण अस्पताल (टिचिङ)को सेवा प्रभावित बनेको हो ।
अस्पताल प्रशासक सरस्वती गुरुङका अनुसार पानी अभावका कारण बिरामी, बिरामीका कुरुवा, कर्मचारी, डाक्टर तथा नर्सहरु आजित भएका छन् । अस्पतालका निर्देशक डा. सुवास आचार्यले अस्पताल परिसरको दुईवटै बोरिङ बिग्रिएको र अहिले जारको पानी किनेर अप्रेसन भइरहेको बताए ।
केयूकेएलले पर्याप्त पानी नदिँदा अस्पतालमा समस्या भएको उनले बताए । ‘अस्पतालको दुईवटै बोरिङ ब्रिग्रिएको छ । प्राधिधिक खटाउँदा पनि बन्न सकिरहेको छैन । केयूकेएललाई समस्या राखेका थियौं । तर, हिजो बेलुका तीनघण्टा मात्र पानी छाड्दा समस्या भयो,’ उनले भने, ‘अहिले जारको पानी किनेर अप्रेसन थियटर र नर्मल स्लाइन लगेर ओटी सर्जरी गरिरहेका छौं ।’
अस्पतालमा दैनिक ८ लाख लिटर पानी खपत हुन्छ । हिजोदेखि नै पानीको समस्या समाधान गर्न लागिरहेको डा. आचार्यले बताए ।
Sudina Shrestha
प्रकाशित: २० फाल्गुन २०८१, मंगलवार १६:००
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
