
भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। मोटरसाइकलले ठक्कर दिँदा भक्तपुर नगरपालिका–७, गोल्मढीकी ७० वर्षीया तुलसीमाया तुसिबाखको मृत्यु भएको प्रहरी वृत्त जगातीले जनाएको छ। जगातीबाट साँगातर्फ जाँदै गरेको बा४१प ३३४ नंको मोटरसाइकलले सूर्यविनायक नगरपालिका–८, जगाती पुलनजिकै ठक्कर दिँदा तुसिबाखको मृत्यु भएको हो।
सोही मोटरसाइकलको ठक्करबाट अन्य तीनजना घाइते भएका छन्। मोटरसाइकलचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
Sudina Shrestha
प्रकाशित: १८ फाल्गुन २०८१, आईतवार २२:५५
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
