
काठमाडौँ टोखामा गोली चलेको छ ।राजधानीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार गोली चलाएको हो। प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ।
गोली प्रहार गरेर गुड्ड पटेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।बस्नेतका अनुसार पटेल लाल मोहम्मद हत्या प्रकरणमा संलग्न आरोपी हुन्। २०७९ मा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । दुईजना सुटरले गोली हानेर भक्तपुरको गोठाटारमा २०७९ असोज ३ मा लाल मोहम्मदको हत्या भएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा।६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ २ जनाले गोली हानेर भागेका थिए ।
Sudina Shrestha
प्रकाशित: १८ फाल्गुन २०८१, आईतवार २०:३३
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ