पर्सा, जिल्ला प्रशासन कार्यालय पर्साले छिमेकी मुलुक भारतमा वर्डफ्लूको प्रकोप फैलिएपछि सीमावर्ती भारतीय भूमिबाट कुखुरा, चल्ला र सेतो अण्डा आयातमा पूर्ण रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० गणेश अर्यालको अध्यक्षतामा आज सरोकार भएकाहरूसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रजिअ अर्यालले सीमावर्ती क्षेत्रमा वर्डफ्लूको प्रकोप देखिएकाले उच्च सावधानी अपनाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको पैठारीलाई रोक लगाउने निर्णय गरेको बताए । ‘आन्तरिक बजारमा यस्ता वस्तुको उपभोग एवं बेचबिखन कार्यलाई निरुत्साहित गर्न तत्काल संयुक्त अनुगमन गर्ने र सीमा क्षेत्रमा थप निगरानी बढाउने निर्णय गरिएको छ,’ उनले भने ।
बैठकले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, पर्साका प्रमुख डा राजकुमार शाहको संयोजकत्वमा ‘र्यापिड एक्सन टिम’ गठन गर्ने निर्णय गरेको छ । सदस्यमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कृष्णाकुमार कुशवाहा, वीरगन्ज उद्योग वाणिज्य सङ्घका शिवानी कलवार, नेपाल प्रहरीका, सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधि र नेपाल लेयर्स कुखुरापालक सङ्घका प्रतिनिधि रहने गरी टोली गठन गरिएको हो ।
सो टोलीलाई सोमबारबाट अनुगमन सुरु गर्ने र त्यसक्रममा प्राप्त वस्तुस्थितिका आधारमा सम्बन्धित पक्षलाई कारबाही र त्यसको प्रचारप्रसार गर्ने प्रकाशन तथा प्रसारण गर्ने कार्यादेश दिइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
