दोलखा । दोलखाको कालिञ्चोक र शैलुङ क्षेत्रमा हिमपात भएको छ । शुक्रबार रातिदेखि कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात भएपछि दर्शन गर्न गएका भक्तजन रमाइरहेका छन् ।हिमपात भएसँगै होटल व्यवसायी खुसीले दंग भएका छन् । यो यो क्षेत्रले हिउँले सेताम्मै बनेको छ ।
कालिञ्चोक दर्शन र प्राकृतिक क्षेत्र भ्रमणका लागि कालिञ्चोक पुगेका पर्यटकहरु हिउँमा रमाइरहेका होटल सुनापाति कुरीका सञ्चालक हरी वलीले बताए । पुस र माघ महिनामा हिमपात नभएको ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा फागुन १६ गते बेलुका पहिलोपटक हिमपात भएको थियो भने शनिबार बिहानैदेखि हिमपात भइरहेको छ ।
यस्तै, शैलुङ क्षेत्रमा पनि शुक्रबारदेखि हिउँ परिरहेको स्थानीयले बताएका छन् । जिल्लाका पर्यटकीय स्थल कालिन्चोक, शैलुङ, चेर्दुङ, खरीढुङ्गा लगायतका स्थानमा हिमपात हुँदा पर्यटकहको वृद्धि हुने गरेको । हिमपात नहुँदा हिमाली क्षेत्रका कृषक तथा होटल व्यवसायी चिन्तित बनेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
