
काठमाडौं, झापाको हल्दिबारी गाउँपालिका–४ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ७६ वर्षीय भिमप्रसाद भट्टराई छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आफ्नो घरदेखि ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिराम सामुदायिक वनमा घाँस काटेर फर्किने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो ।
बिहीबार अपराह्न १० बजेतिर उनलाई स्थानीय मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । अपराह्न ४ः४० बजेतिर उनको शव भेटिएको हो ।झापाका एसपी मिलन केसीका अनुसार, घाँस काट्न गएका उनी हराएपछि स्थानीयले खोजतलास थालेका थियो । त्यसक्रममा अपराह्न हात्तीको आक्रमणबाट मृत्यु भएको अवस्थामा शव भेटिएको उनले अनलाइखबरलाई बताए ।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताएका छन् ।
Sudina Shrestha
प्रकाशित: १६ फाल्गुन २०८१, शुक्रबार ००:४८
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
