
वीरगन्ज, आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर–२७ का इशाल प्रसाद कुर्मीको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।बिहीबार एक पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ गरेका तीनै जनालाई सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेकाहरूमा वीरगन्ज महानगरपालिका वडा नम्बर–२७ बस्ने मुकेश प्रसाद यादव, अरुणकुमार यादव र मुन्ना तिवारी रहेका छन् ।
गत ७ फागुनमा कुर्मीको हत्या भएको थियो । साथीलाई सापटी दिएको पैसा फिर्ता माग्दा कुर्मीको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पर्सा प्रहरी प्रमुख गौतम मिश्रले सापटी दिएको ३५ सय रुपैयाँ फिर्ता माग्दा आफ्नै साथीले कुर्मीको हत्या गरेको पाइएको बताए । उनका अनुसार ८ दिन अगाडि तास खेल्दा मृतक कुर्मीले सापटी दिएको ३५ सय रुपैयाँ साथी मुकेश प्रसाद यादवसँग मागेका थिए । तर उनले पैसा दिन आनाकानी गरेपछि विवादले उग्ररुप लिएको थियो । त्यसपछि कुर्मीको हत्या भएको पाइएको प्रमुख मिश्रले बताए ।
पक्राउ परेकाहरूले प्रहरीसँगको बयानमा भनेका छन्, ‘यो पैसा माग्दा मुकेस तासमा पनि हारि रहेका थिए, त्यसपछि दुवै जनामा विवाद हुन थाल्यो । अनि मुकेशले मृतक कुर्मीलाई नजिकै रहेको रुखमा बजार्न थाले । त्यसपछि उनी बेहोस भए । बेहोस भएपछि मुकेशले साथीहरूको सहयोगमा नजिकैको खोलामा लगेर फ्यालिदिए ।’ हत्याको पाँच दिन पछाडि प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर–२८ स्थित भेडैया खोलामा शव फेला पारेको थियो । छोरा सम्पर्कविहीन भएको भन्दै परिवारजनले खोजविनका लागि प्रहरीमा निवेदक दिएका थिए ।
त्यसपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा तीनै जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख मिश्रको भनाइ छ । पक्राउ परेकाहरूमाथि ज्यान सम्बन्धी कसुरमा म्याद थप भई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १६ फाल्गुन २०८१, शुक्रबार ००:३३
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
