
वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गरेका छन्। परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने ट्रम्पको भनाइ छ।
‘हामी गोल्ड कार्ड भिसा बेच्ने तयारी गरिरहेका छौँ। हामी त्यो कार्डको मूल्य करिब ५० लाख अमेरिकी डलर मूल्य राख्ने तयारी गरिरहेका छौँ,’ ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भने। आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकताअनुसार लाखौँ गैरकानुनी आप्रवासीलाई देश निकाला गरेका रिपब्लिकन राष्ट्रपति ट्रम्पले नयाँ कार्ड अत्यधिक मूल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने बताएका छन्।
ट्रम्पले भने, ‘धेरै मानिसहरू यो देशमा बस्न चाहन्छन्, र उनीहरूले काम गर्न, रोजगारी प्रदान गर्न र कम्पनीहरू निर्माण गर्न सक्षम हुनेछन् र यसरी आउने पैसा भएका मानिसहरू हुनेछन्।’ करिब दुई हप्ताभित्र कार्डको बिक्री सुरु हुने ट्रम्पले बताए।
‘हामी यी कार्डहरू मध्ये १० लाख बिक्री गर्न सक्षम हुनेछौं। हामीले यो सबै काम अमेरिकी कानुन अनुरूप नै गरेका छौं,’ ट्रम्पले भने। उनले नयाँ गोल्ड कार्डको लागि सबै आवेदकहरूलाई सावधानीपूर्वक जाँच गरिने बताए। तर धनी रुसीहरुले पनि आवेदन दिन पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्नमा ट्रम्पले यो सम्भावना रहेको बताए।
‘सम्भवत म केही रूसी कुलीन वर्गहरूलाई चिन्दछु जुन धेरै राम्रो मानिसहरू हुन्। यो सम्भव छ,’ ट्रम्पले भने, ‘उनीहरू पहिलेजस्तो धनी छैनन्। मलाई लाग्छ कि उनीहरूले गर्न सक्छन्। मलाई लाग्छ उनीहरूले ५० लाख डलर खर्च गर्न सक्छन्।’
तीन वर्षअघि मस्कोले युक्रेनमाथि आक्रमण गरेयता थुप्रै रुसी कुलीन वर्ग पश्चिमी प्रतिबन्धको चपेटामा परेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै रुसमाथिको प्रतिबन्ध फुकुवा गर्न कुनै न कुनै समयमा सम्भव भए पनि अहिले वार्ताको टेबलमा नरहेको बताए।
ओभल अफिसमा ट्रम्पको छेउमा उभिएका अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले गोल्ड कार्डको बारेमा भने, ‘हामी त्यो पैसा हाम्रो घाटा कम गर्न प्रयोग गर्न सक्छौँँ।’ लामो व्यावसायिक करियरमा होटल र क्यासिनोको शृङ्खलाबद्ध ब्रान्डिङ गरेका ट्रम्पले नयाँ कार्डको नाम पनि आफ्नो नाममा राख्न सकिने सुझाव दिएका छन्।
Sudina Shrestha
प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार २२:०२
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
