काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका छन् । हिन्दु धर्मावलम्बिहरुको महान चार्ड महाशिवरात्रीको अवसर पारर आयोजना गरेको रक्तदान कार्यक्रम हिमाल व्लर्ड एशोशियसनसंगको सहकार्यमा सम्पन्न भएको थियो ।

रक्तदान जीवन दान, आत्माज्ञान अति महान भन्ने नाराका साथ सम्पन्न रक्तदान कार्यक्रममा बोल्दै समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले आपतकालिन अवस्थामा संस्था सधै रक्तदान गर्न तयार रहेको बताउनुभएको छ । उहाँ भन्नुुहुन्छ, “रगतको अभाव अरु कुनै पनि कुराले पुरा गर्न सक्दैन । त्यसै खेर जाने रगत दिदा कसैको जीवन वचाउन सकिन्छ भने किन नदिने ?” हिमाल हस्पिटलकी ल्याव टेक्नोलोजिष्ट निशा भण्डारीका अनुसार अरु संस्थामा भन्दा मानव धर्ममा भएको रक्तदान कार्यक्रममा उत्साहजनक संकलन हुने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँ भन्नुहुन्छ, “अन्त संकलनका लागि जादा पुरुषको संख्या बढी हुने गरेको तर यहाँ भने महिलाहरु नै स्वः स्फुर्त रुपमा आएको देखेर खुसि लाग्छ ।” भण्डारीका अनुसार समितिमा सबै शाकाहारी भएको र अल्कोहका कारण रिजेक्सन नभएका कारण पनि संकलन राम्रो हुने गरेको छ ।

२० पटक रक्तदान गरिसक्नुभएका कुमार ओझाका अनुसार शुरुमा आफुले दिएको रगतले एउटी सुत्केरी महिलालाई बचाउन सकेको र उहाँले पाउनुभएको पुर्नजीवनले परिवारमा ल्याएको खुसीले आफूलाई सधैभरी रक्तदान गर्न प्रेरणा दिएको बताउनुभयो ।
समितिले हरेक वर्ष विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम गदै आइरहेको छ ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
