काठमाडौं । काभ्रेको धुलिखेलमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । काठमाडौंबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको प्रदेश ३००१–००५ ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल नगरपालिका – १० सारादा बतासेमा दुर्घटना भएको हो ।
२४ जना यात्रु सवार बस सडकको नालीमा पल्टिएर दुर्घटना हुँदा चालक र सह – चालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-25
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
