काठमाडौं । सिरहाकी १७ वर्षीया रिंकु कुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा ३ जना पक्राउ परेका छन् ।
रिंकुको बलात्कार भएपछि प्रहरीकहाँ जान नदिन गाउँमै पञ्चायत बसाएको आरोपमा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरका चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेशकुमार दासलााई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा पक्राउ गरी मुद्दा दर्ता गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार उनीहरुमाथि थप अनुसन्धान गर्न सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय लाहानको हिरासतमा राखिएको छ । मृतक परिवारले गत फागुन ८ गते चारवटा मुद्दा कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्रमा ८ जनाविरुद्ध पूरक जाहेरी दिएको थियो । जसमा सामूहिक बलात्कार आरोपका तीन जना र गाउँमै मिलाउन खोज्ने पाँच जना रहेका छन् । यद्यपि पूरक जाहेरी परेका मध्येबाट अहिलेसम्म कोही पनि पक्राउ नपरेको डीएसपी पासवानले बताए ।
माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुमाथि सामूहिक बलात्कार भएको थियो । त्यसपछि २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास भएपछि रिंकु ३० गते आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
