
काठमाडौं । सिरहाकी १७ वर्षीया रिंकु कुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा ३ जना पक्राउ परेका छन् ।
रिंकुको बलात्कार भएपछि प्रहरीकहाँ जान नदिन गाउँमै पञ्चायत बसाएको आरोपमा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरका चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेशकुमार दासलााई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा पक्राउ गरी मुद्दा दर्ता गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार उनीहरुमाथि थप अनुसन्धान गर्न सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय लाहानको हिरासतमा राखिएको छ । मृतक परिवारले गत फागुन ८ गते चारवटा मुद्दा कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्रमा ८ जनाविरुद्ध पूरक जाहेरी दिएको थियो । जसमा सामूहिक बलात्कार आरोपका तीन जना र गाउँमै मिलाउन खोज्ने पाँच जना रहेका छन् । यद्यपि पूरक जाहेरी परेका मध्येबाट अहिलेसम्म कोही पनि पक्राउ नपरेको डीएसपी पासवानले बताए ।
माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुमाथि सामूहिक बलात्कार भएको थियो । त्यसपछि २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास भएपछि रिंकु ३० गते आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार १२:३०
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
