
काठमाडौं, काठमाडौंबाट मकवानपुर हेटौंडा, थाहा नगरपालिका जोड्ने ‘गणेशमान सिंह मार्ग’ सडकको चित्लाङ–चन्द्रागिरि खण्डको स्रोत सुनिश्चित भएको छ ।
मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद समेत रहेका सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले ४० करोड लागतमा अब सडक स्तरोन्नति हुने बताएका छन् ।बर्तौलाका अनुसार यस वर्ष सरकारले सडक डिभिजन काठमाडौंले योजना कार्यान्वयन गर्ने गरी ४० करोड बराबरको स्तरीकरणको काम गर्दै छ । १५ करोड बराबरको ठेक्का दुई साताअघि लागेको थियो भने अहिले पुनः उक्त सडकमा २५ करोडको ठेक्का लगाउने गरी आज सोमबार सर्वेक्षण भएको हो ।
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले यो वर्ष ठेक्का प्रक्रियाका लागि १० प्रतिशत रकम सहित २५ करोडको थप सहमति दिएको हो ।‘४० करोड आवश्यक रहेकोमा १५ करोड बराबरको ठेक्का लागिसकेको छ । थप २५ करोडको पनि स्रोत सुनिश्चत गरेर अर्थ मन्त्रालयले सहमति दिएको हो । यसबाट केही छुटपुट बाहेक चन्द्रागिरि–चित्लाङ खण्ड सहज हुन्छ,’ भण्डारीले अनलाइनखबरसँग भने, ‘स्रोत तय भएसँगै डिभिजन सडकले आजै सर्वेक्षण समेत गरेको छ ।’
काठमाडौं चन्द्रागिरिबाट मकवानपुर चित्लाङ जोड्ने २२ किलोमिटर लामो गणेशमान सिंह मार्ग डरलाग्दो छ । थानकोटबाट सुरु हुने यो सडक चन्द्रागिरि पहाडसम्म उकालो छ, त्यसपछि ओरालो झरेर चित्लाङ पुग्छ । यो सडकको अप्ठेरो भाग थानकोटदेखि चन्द्रागिरि डाँडासम्म छ । त्यसपछि तुलनात्मक सजिलो छ ।
वर्षामा हिलो र हिउँदमा धुलोका कारण दैनिक हजारौं यात्रुले सास्ती खेप्दै आएका छन् । सडक विभागले यसअघि बजेट अभावमा काम गर्न नसकेको बताउँदै आएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार २२:३८
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
