कास्की, बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सोमबार साँझ ६ बजे बागलुङको बडीगाड गाउँपालिका-९ दर्लिङस्थित भित्री सडकखण्डमा लु ३ च ५५६९ नं. को पिकअप भ्यान उकोलोमा ब्रेक फेल भई दुर्घनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले बताए ।
उनका अनुसार मृत्यु हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर-७ चोलाङ निवासी ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरे बस्ने ३५ वर्षीय जुना कँडेल रहेका छन् ।
यस्तै जीप दुर्घटनाबाट घाइते हुनेमा बागलुङको बडिगाड गाउँपालिका-९ बस्ने ६३ वर्षीया तेज कुमारी बुढा, बडिगाड-९ खहरे बस्ने ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, बडिगाड-९ खहरे बस्ने ३० वर्षीया सिता पौडेल र बडिगाड-९ खहरे बस्ने हिमाल घर्ती मगर (चालक) रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-24
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
