
काठमाडौं । सिरहाकी किशोरी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाले आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।उनका अनुसार नियन्त्रणमा लिइएकाहरू पञ्चायी बस्नेदेखि प्रत्यक्षदर्शी लगायत छन् । अवस्था हेरेर छाड्ने सकिने तथा मतियारमा मुद्दा चलाउन समेत सकिने उनले बताए । एसएसपी कोइरालाका अनुसार नियन्त्रणमा रहेकाहरू कोही विरुद्ध पनि जाहेरी आएको छैन ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् । सो घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो ।
यो घटनामा ८ जनाविरुद्ध प्रहरीमा जाहेरी आएको छ । जसमा रिंकुलाई राती वेपत्ता पार्ने तीन जनादेखि पञ्याती बसेर घटना दबाउनेहरू छन् । रिंकुको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइए पनि अहिलेसम्म रिपोर्ट नआएको कोइरालाले बताए ‘अहिले सोधपुछका लागि आठ जनालाई नियन्त्रणमा लिएका छौं । उनीहरूमाथि अनुसन्धान हुँदैछ । अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने निर्णय हुन्छ,’ उनले भने ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार १२:२३
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
