काठमाडौं । सिरहाकी किशोरी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाले आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।उनका अनुसार नियन्त्रणमा लिइएकाहरू पञ्चायी बस्नेदेखि प्रत्यक्षदर्शी लगायत छन् । अवस्था हेरेर छाड्ने सकिने तथा मतियारमा मुद्दा चलाउन समेत सकिने उनले बताए । एसएसपी कोइरालाका अनुसार नियन्त्रणमा रहेकाहरू कोही विरुद्ध पनि जाहेरी आएको छैन ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् । सो घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो ।
यो घटनामा ८ जनाविरुद्ध प्रहरीमा जाहेरी आएको छ । जसमा रिंकुलाई राती वेपत्ता पार्ने तीन जनादेखि पञ्याती बसेर घटना दबाउनेहरू छन् । रिंकुको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइए पनि अहिलेसम्म रिपोर्ट नआएको कोइरालाले बताए ‘अहिले सोधपुछका लागि आठ जनालाई नियन्त्रणमा लिएका छौं । उनीहरूमाथि अनुसन्धान हुँदैछ । अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने निर्णय हुन्छ,’ उनले भने ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-24
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
