
काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीचको खेल बराबरीमा सकिएको छ । लिग चरणको अन्तिम खेलमा दुवै देशले उक्त खेल २–२ गोलको बराबरी खेलेका हुन् ।
दशरथ रङ्गशालामा भएको खेलअन्तर्गत पहिलो हाफ नेपाल र म्यानमाले २–२ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफको खेलमा भने दुवै टोलीले गोल गर्न सकेनन् ।
यसअघि नेपाल र म्यानमाले लेबनान र कीर्गिस्तानलाई पराजित गरेका थिए । अब नेपाल र म्यानमाबीच बुधबार फाइनल खेल हुने छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार ०८:४८
भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide

कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि
