काठमाडौं (एजेन्सी) । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताएका छन् । उनले युक्रेनको नेटो सदस्यताका लागि पनि पद छोड्न तयार रहेको बताए ।
हिजो राजधानी किभमा वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक रहेकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको दुर्लभ खनिज साझेदारी गर्ने प्रस्ताव मान्न पनि आफू तयार रहेको बताएका छन् ।
यसअघि उनले आफूले राज्य नबेच्ने भन्दै यो प्रस्ताव खारेज गरेका थिए । जेलेन्स्कीले अमेरिकाले रुसलाई युद्ध अन्त्य गर्न मनाएमा अमेरिकासँग खनिजका विषयमा कुरा गर्न तयार रहेको बताएका हुन् ।
यसैबीच, शान्ति सम्झौताका लागि युरोपेली देशका नेताहरुको बैठक आजदेखि युक्रेनमा बस्दैछ । बैठकमा आउँदो वर्षको लागि आआफ्नो देशको रणनीति र युक्रेनको सुरक्षा ग्यारेन्टीको बारेमा पनि छलफल गर्ने तयारी छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-24
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
