
काठमाडौं (एजेन्सी) । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताएका छन् । उनले युक्रेनको नेटो सदस्यताका लागि पनि पद छोड्न तयार रहेको बताए ।
हिजो राजधानी किभमा वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक रहेकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको दुर्लभ खनिज साझेदारी गर्ने प्रस्ताव मान्न पनि आफू तयार रहेको बताएका छन् ।
यसअघि उनले आफूले राज्य नबेच्ने भन्दै यो प्रस्ताव खारेज गरेका थिए । जेलेन्स्कीले अमेरिकाले रुसलाई युद्ध अन्त्य गर्न मनाएमा अमेरिकासँग खनिजका विषयमा कुरा गर्न तयार रहेको बताएका हुन् ।
यसैबीच, शान्ति सम्झौताका लागि युरोपेली देशका नेताहरुको बैठक आजदेखि युक्रेनमा बस्दैछ । बैठकमा आउँदो वर्षको लागि आआफ्नो देशको रणनीति र युक्रेनको सुरक्षा ग्यारेन्टीको बारेमा पनि छलफल गर्ने तयारी छ ।
Sudina Shrestha
प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार ०८:४१
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
