
काठमाडौँ, जिल्ला प्रशासन कार्यालय महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी गराएका हुन् ।
सूचनामा भनिएको छ,‘महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई भव्य एवं दिव्य रूपमा सम्पन्न गर्न भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्रको सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्य समेतलाई मध्यनजर गरी यही मिति २०८१र११र१२ गतेदेखि मिति २०८१र११र१५ गतेसम्मका लागि देहायका चार किल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम पूर्ण रूपमा रोक लगाइएको छ ।’
जिल्ला प्रशासन कार्यालय काठमाडौँले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क ९उमाकुण्ड० गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भाग चार किल्ला तोकेको छ ।यदि सूचना विपरीत कुनै काम गरेमा कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ११ फाल्गुन २०८१, आईतवार २१:०२
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
