
दुबई, भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा आफ्नो १४ हजार रन पूरा गरेका छन्। उनले सबैभन्दा छिटो यो कोशेढुंगा पार गर्ने कीर्तिमान पनि बनाएका छन् । आइतबार पाकिस्तानसँग खेलिएको आईसीसी च्याम्पियन्स ट्रफी अन्तरगतको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । यो उनको २९९ औं खेल हो भने उनले २८७ इनिङ्समा १४ हजार रन पूरा गरे।
यसअघि भारतका महान् ब्याटर सचिन तेन्दुल्करले ३५० इनिङ्समा १४ हजार रन पूरा गरेका थिए । त्यस्तै श्रीलंकका कुमार संगाकाराले ३७८ इनिङ्समा यो कोशेढुंगा पार गरेका थिए ।
कोहलीले ५७.८६ को औसतमा रन बनाएका छन् भने उनको स्ट्राइक रेट ९३.४४ रहेको छ। उनले एकदिवसीयमा हालसम्म ५० शतक र ७३ अर्धशतक बनाएका छन् ।
Sudina Shrestha
प्रकाशित: ११ फाल्गुन २०८१, आईतवार २०:५७
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
