दुबई, भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा आफ्नो १४ हजार रन पूरा गरेका छन्। उनले सबैभन्दा छिटो यो कोशेढुंगा पार गर्ने कीर्तिमान पनि बनाएका छन् । आइतबार पाकिस्तानसँग खेलिएको आईसीसी च्याम्पियन्स ट्रफी अन्तरगतको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । यो उनको २९९ औं खेल हो भने उनले २८७ इनिङ्समा १४ हजार रन पूरा गरे।
यसअघि भारतका महान् ब्याटर सचिन तेन्दुल्करले ३५० इनिङ्समा १४ हजार रन पूरा गरेका थिए । त्यस्तै श्रीलंकका कुमार संगाकाराले ३७८ इनिङ्समा यो कोशेढुंगा पार गरेका थिए ।
कोहलीले ५७.८६ को औसतमा रन बनाएका छन् भने उनको स्ट्राइक रेट ९३.४४ रहेको छ। उनले एकदिवसीयमा हालसम्म ५० शतक र ७३ अर्धशतक बनाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
