काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेगरी बोलाइएको छ ।
प्रतिनिधिसभातर्फ तीन र राष्ट्रियसभातर्फ दुईवटा कार्यसूची निर्धारण गरिएको छ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७९र०८० पेस गर्ने कार्यसूची छ ।
यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक ,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै राष्ट्रिय सभामा सचिव डाक्टर सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने छन् ।
विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले नपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-23
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
