काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिका अल्छीहरुको देश भएको टिप्पणी गरेका छन् । नेपाललाई दिएको अनुदानबारे अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उनले सो टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमा ट्रम्पलाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदै छन्। तपाईँ गरिब हुनुहुन्छ कि तपाईँका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्। तपाईँ अल्छी मानिसहरू यसको लागि बाँकी संसार चाहिन्छ ।’
शाहले ट्रम्पलाई डीभीको दासत्व बन्द गर्न पनि सुझाव दिएका छन् । उनले थप लेखेका छन्– ‘कृपया आफ्नो अभिलाषा (DV) दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ। आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस् ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-21
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
