
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिका अल्छीहरुको देश भएको टिप्पणी गरेका छन् । नेपाललाई दिएको अनुदानबारे अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उनले सो टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमा ट्रम्पलाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदै छन्। तपाईँ गरिब हुनुहुन्छ कि तपाईँका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्। तपाईँ अल्छी मानिसहरू यसको लागि बाँकी संसार चाहिन्छ ।’
शाहले ट्रम्पलाई डीभीको दासत्व बन्द गर्न पनि सुझाव दिएका छन् । उनले थप लेखेका छन्– ‘कृपया आफ्नो अभिलाषा (DV) दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ। आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस् ।’
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ फाल्गुन २०८१, शुक्रबार ०८:४१
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
